१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

बुद्धभुमि हाईड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुस नतिजा


१ असाेज, काठमाडौँ । बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भईसकेको छ । कम्पनिको आईपीओ आज बेलुका ५ बजेपछि हेर्न सकिने छ । आईपीओको नतीजा आईपीओ निष्काशन तथा विक्री प्रबन्धक सिभिल क्यापीटको वेबसाईट https://www.civilcapitalmarket.com/ipo मा गएर हेर्न सकिन्छ ।

हाईड्रोपावरले नुवाकोट जिल्लाका स्थानिय वासिन्दाका लागि जारी गरेको ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ बाँडफाँड गरेको हो । माग गरेभन्दा बढि आवेदन परेकाले गोलापथाबाट बाडँफाँड गरिएको बिक्री प्रबन्धक सिभिल क्यापीटलले जनाएको छ ।

कम्पनिको आईपीओमा ३२ लाख ९ हजार १ सय ३ कित्ताँको लागि ६० हजार जनाले आवेदन दिएकोमा ५० हजार अर्थात ४९ हजार ४ सय ८५ हजार आवेदकको आवेदन मात्र सदर भएकोले ४० हजार आवेदकलाई १० कित्ताँका दरले बाडँफाँड गरेको र करिब ९ हजार ४ सय ८५ जनाको हात रितो भएको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले बताए ।

श्रावण ३२ गतेदेखि आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि भाद्र १५ गते सम्म शेयर बिक्री खुल्ला गरेको थियो । नुवाकोट जिल्लाभरिका बासिन्दाका लागि प्रतिशेयर १०० अंकित मूल्यका कुल ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । आईपीओमा न्यूनत्तम १० कित्ता र अधिकत्तम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार १२:५७