१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

आगामी निर्वाचनमा माओवादीले दुई सिट चुनाव जित्ने प्रक्षेपण, प्रचण्ड समानुपातिकमा सुरक्षित


१ असोज, काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा जम्मा दुई क्षेत्रमा मात्र चुनाव जित्ने निश्चित भएको प्रक्षेपण गरिएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डचाहिँ समानुपातिकमा मात्र सुरक्षित रहेको पनि प्रक्षेपण गरिएको छ ।

वरिष्ठ अधिकारकर्मी एवं पत्रकार कनकमणि दिक्षितले ट्वीट मार्फत माओवादीको आगामी चुनावको नतिजाका बारेमा अनुमान प्रस्तुत गरेका छन । उनले माओवादी नेताहरू जनार्दन शर्मा र वर्षामान पुनःको जित्ने निश्चित रहेको र जित्ने निर्वाचन क्षेत्र नभेटिने हुँदा प्रचण्डले समानुपातिकमा बस्न सक्ने अनुमान गरेका छन ।

दिक्षीतले भनेका छन, ‘मेरो लेटेस्ट बुझाईस् संसदीय निर्वाचनमा माओवादी शीर्षस्थ मध्ये वर्षमान पुन र जनार्दन शर्माको आ(आफ्ना पकेट क्षेत्रबाट जित निश्चित छ । पुष्पकमल दाहाल आफु कताबाट उम्मेदवार हुने ठेगान छैन, र काँग्रेससंग समझदारी नहुने होभने जीत पनि पक्का छैन । लास्टमा समानुपातिकबाट उठ्न बेर छैन ।’

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार ११:०९