८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मुक्तिनाथ विकास बैंकले सार्वजनिक गर्याे नयाँ ब्याजदर, कुन खातामा कति छ ब्याज ?


३१ भदाै, काठमाडौँ । मुक्तिनाथ विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा विभिन्न बचत खातामा ४.५० प्रतिशतदेखि ५.५० प्रतिशत ब्याज उपलब्ध गराउने भएको हो । बैंकले मुद्दती निक्षेप खातामा पनि ब्यक्तिगततर्फ ३ महिनाभन्दा माथिकोमा ९.५० प्रतिशत ब्याज दिनेछ । त्यस्तै, मुद्दती निक्षेप खातामा संस्थागतर्फ ९.५० प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।

बैंकले कर्जातर्फ विभिन्न लोनमा बेस रेट प्लस सहित सप्रमियम अप टू मा २ प्रतिशत देखि ६ प्रतिशतसम्ममा कर्जा उपलब्ध गराउने भएको हो । साउन महिनामा बैंकको बेस रेट ८.०८ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार १५:०३