१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्याे नयाँ ब्याजदर


३१ भदाै, काठमाडौंँ । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले विभिन्न बचत खातामा ४.५० प्रतिशत ब्याज उपलब्ध गराउने भएको छ । त्यस्तै, बैंकले फिक्स्ड डिपोजिट खातामा ब्यक्तिगततर्फ ३ महिना देखि ६ महिनासम्माको खातामा ८.८० प्रतिशत, ६ महिनादेखि १ बर्षसम्मको खातामा ८.९० प्रपितशत र १ बर्षभन्दा माथिको खातामा ९ प्रतिशत ब्याज उपलब्ध गराउने भएको छ ।

यस्तै, बैंकले संस्थागततर्फ फिक्स्ड डिपोजिट खातामा ९.५० प्रतिशत ब्याज दिने भएको हो ।  बैंकले कर्जामा कर्पाेरेटमा १ प्रतिशतदेखि ६ प्रतिशतमा कर्जा उपलब्ध गराउने भएको हो ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार १४:१२