४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

सांसद वलीको अर्को फण्डाः चुम्बनको चर्चा घटाउन प्रहरीमा अपहरण मुद्दा


३० भदौ, काठमाडौँ । लुम्बिनी प्रदेशकी सांसद विमला वली पछिल्लो ६ महिना यता सबैभन्दा चर्चित छन । चर्चित हुनुको कारण उनी आफैँ हुन । सबै भन्दा बढी यता र उता गर्नेमा उनी चर्चित बनिन । कहिले माओवादी र कहिले एमाले हुनेमा उनको चर्चा सबैभन्दा बढी भयो ।

२३ फागुनको सर्वोच्चको आदेशपछि एमाले र माओवादीले एकता अघि बढाउन नचाहेपछि दुबै पार्टी पूर्ववत अवस्थामा फर्किएर अघि बढे । त्यसपछि एमाले एउटा र माओवादी अर्को बाटोमा हिड्यो । बीचमा ऋषि कट्टेलको पार्टीको नामसँग नेकपा नाम जुधेको समयमा भएका गतिबिधि मनोरञ्जन अबधिको रूपमा छाडियो र त्यसबीचमा उपचुनाव भएर चुनाव जितेकाहरूले आफ्नो इच्छामा दल रोज्न पाउने भए ।

सांसद वली पति उत्तरकुमार वलीको कार दुर्घटनामा मृत्युभएछि दाङबाट भएको उपचुनाव मार्फत  विजयी भएर लुम्बिनी प्रदेशसभामा प्रवेश गरिन । उनी त्यस समयमा नेकपाको सांसदको रूपमा प्रवेश गरेकी थिइन । त्यसपछि एमाले र माओवादीको गतिबिधि फरक फरक हुनथालेपछि एमाले संसदीय दलको बैठकमा सहभागी भएकी वली माओवादी रोजेको भन्दै पत्रकार सम्मेलन गरेर संसदमा समेत सूचना दिएर माओवादीतिर लागिन ।

बीचमा फेरि एमालेका नेताहरूले विभिन्न आश्वासनमा परेर वली फेरि एमालेतिर लागेको भनेर विज्ञप्ति आयो । वलीको विज्ञप्तिको अर्को २४ घण्टामा फेरि विज्ञप्ति आयो मलाइ अपहरण गरेर लगियो भनेर । पत्रकार सम्मेलन नै गरिन । त्यो विषय चल्दै थियो । वलीको परपुरूषसँगको चुम्बनवाला तस्बीर सार्वजनिक भयो । त्यसपछि उनी थप विवादित बनिन् ।

उनको चुम्बवनसहितको तस्बीर फेसबुकमा राख्ने युवाले केही समयमै उक्त तस्बीर मेटाए । एक साताजति उनको चुम्बनको तस्बीर चर्चा भयो । त्यसको केही अन्तरालपछि मंगलबार माओवादीको नेतासहित पुगेर प्रहरी कार्यालय रूपन्देहीमा आफू अपहरणमा परेको भन्दै एमालेका नेताहरूविरूद्ध जोहरी दिइन । जाहेरी पछि फेरि वलीको चर्चा सुरू भएको छ ।

उनले  लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित चार जनाविरूद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी दिएकी छन् । माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीसँगै गएर सांसद वलीसँगै इलाका प्रहरी कार्यालय बुटवलमा गएर सोमबार पूर्वमुख्यमन्त्री पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका किरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतविरूद्ध जाहेरी दिएकी हुन ।

वलीको जाहेरीपछि राष्ट्रिय युवा संघ र अनेरास्ववियू लगायतले शंकर पोखरेलकाविरूद्ध षड्यन्त्र हुन लागेको भन्दै थप केही भए प्रतिवाद गर्ने चेतावनी दिएको छ । यहीबीचमा वलीले आफ्नो चुम्बन चर्चा र आलोचना कम गराउन वलीले अपहरणको मुद्दा दर्ता गरेको चर्चा पनि चलेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार १६:३८