१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

तोलामा ६०० रुपैयाँले बढ्यो सुनको मूल्य


३० भदाै, काठमाडौँ । साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएकाे छापावाला सुनको मूल्यमा आज ६०० रुपैयाँले वृद्धि भएर ९१ हजार २०० रुपैयाँ कायम भएको हो ।

त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७८ हजार एक सय ९० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार तेजाबी सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्रामको मूल्य ७७ हजार सात सय ६० रुपैयाँ कायम भएको छ ।

प्रतिकात्मक तस्बिर ।

महासंघले बुधबार चाँदीको मूल्य स्थिर रहेर प्रतितोला १२०० रुपैयाँ नै तोकेको छ । प्रति १० ग्राम चाँदीको मूल्य एक हजार २९ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार १२:०३