११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

धितोपत्र बोर्डको दैनिक प्रशासनिक कामको जिम्मेवारी निरज गिरीलाई


२९ भदौ, काठमाडौँ । नेपाल धितोपत्र बोर्डको दैनिक प्रशासनिक कामको नेतृत्व गर्ने जिम्मेवारी निरज गिरीले पाएका छन् । धितोपत्र बोर्ड नेतृत्वविहीन बनेपछि अर्थ मन्त्रालयले बोर्डका कार्यकारी निर्देशक गिरीलाई दैनिक प्रशासनिक कामको जिम्मेवारी दिएको हो ।

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना पारिवारिक सदस्यका नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको पाइएपछि निलम्बनमा परेका छन् । अर्थ मन्त्रालयको प्रस्तावमा १६ भदौमा बसेको मन्त्रिपरिषद्क बैठकले ढुंगानालाई पदबाट निलम्बन गरी छानबिन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलवार १७:५७