७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

काेराेना अपडेटः १५६२ संक्रमित थपिए, १९ जनाको निधन, १५८९ संक्रमणमुक्त


२९ भदौ, काठमाडौँ । कोरोना भाइरसको संक्रमण आज एकै दिन १५६२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १४ हजार ४४३ जनामा परीक्षण गर्दा १५६२ जनामा संक्रमण देखिएको हो । नेपालमा संक्रमणको दर १९.३ प्रतिशत पुगेको छ ।

सक्रिय संक्रमित २६ हजार २०२ जना रहेका छन् । ५०० भन्दा बढी संक्रमित भएका जिल्ला १२ र २०० भन्दा बढी संक्रमित हुने जिल्ला २० रहेका छन् । यस्तै संक्रमणबाट निको भई आज १५८९ जना घर फर्किएका छन् । अहिलेसम्म ७ लाख ४२ हजार ३०३ जना निको भइ घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९५.२ प्रतिशत रहेको छ ।

यस्तै संक्रमणबाट २४ घण्टामा १९ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ९८४ जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रतिदश लाखमा ३७०.२ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ ।

यस्तै ४५३ जना सघन उपचार कक्ष (आईसीयू), १३७ जना भेन्टिलेटर, २४ हजार ६९० जना होम आइसोलेसन, एक हजार ५१२ जना संस्थागत आइसोलेसन र २२३ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलवार १७:४५