८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बीओके क्यापिटलले डाक्यो साधारणसभा, यस्ताे छ एजेण्डा


२९ भदौ, काठमाडौँ । बीओके क्यापिटलले छैटौँ वार्षिक साधारणसभा (एजीएम) २० असोजमा बाेलाएकाे छ । कम्पनीले चुक्ता पुँजीको १८ प्रतिशत नगद लाभांश दिने (करसहित) प्रस्ताव पेस गर्न कम्पनीको कार्यालय नक्साल, काठमाडौँमा दिउँसो ३ बजेका लागि साधारणसभा आह्वान गरेको हो ।

आर्थिक वर्ष ०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ । त्यस्तै, सभामा आर्थिक वर्ष ०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सानलगायतका विषयमा छलफल हुनेछ । सभामा कम्पनीले नगद लाभांश प्रयोजनका लागि तीन करोड ७८ लाख रुपैयाँ छुट्याएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलवार १२:४०