१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

यूनिक नेपाल लघुवित्तसँग मर्जर गर्ने विषयमा निर्णय लिन घोडीघोडाले डाक्यो साधारणसभा


२९ भदौ, काठमाडौँ । घोडीघोडा लघुवित्त वित्तीय संस्थाले १६ असोजमा विशेष साधारणसभा बोलाएको छ । संस्थाकाे सभाले यूनिक नेपाल लघुवित्त एक आपसमा गाभ्ने/ गाभिने (मर्जर) प्रस्तावलाई अन्तिम स्वीकृति दिन विशेष साधारणसभा आह्वान गरेको हो ।

संस्थाको साधारणसभा शनिबार बिहान ११ बजे होटल रुबस, बैयाबेहडी, धनगढी, कैलालीमा आयोजना हुनेछ । घोडीघोडा लघुवित्तले यूनिक नेपाल लघुवित्तलाई एक बराबर ०.५० शेयर आदान प्रदान अनुपातमा प्राप्त गर्न लागेको जनाएको छ । सभाले सो स्वाप रेशियो पनि पारित गर्नेछ।

लघुवित्तले मर्जर प्रयोजनार्थका लागि शेयर कारोबार २३ कात्तिक २०७७ देखि रोक्का गरेको छ । जसअनुसार २३ कात्तिक २०७७भन्दा अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र सो सभामा सहभागिता जनाउन पाउने छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलवार ११:१२