१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ


२८ भदौ, सिरहा । सिरहामा ठूलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गोलबाजर नपा ४ शिवचौकस्थित रुमभाडा लिएर औषधि पसल चलाउँदै आएका पसल सञ्चालक ४६ वर्षीय जगदिश कुमार साह र ४३ वर्षीय दिलीप कुमार साहलाई प्रहरीले बेनाड्रिल १३ थान, पेन्टाजोसिन इन्जेक्सन १८८ वटा र पेन्टाजोसिन ल्याक्टेड इन्जेक्सन २३० सहित पक्राउ गरेको हो ।

दुबै अभियुक्त दाजुभाई हुन् । इलाका प्रहरी कार्यालय गोलबजार र प्रदेश प्रहरीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उनीहरुले चलाइरहेको औषधि पसल र घरबाट लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई लागुऔषध कारोवार मुद्दामा म्याद थप गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु करिब २० वर्षदेखि गोलबजारमा प्रतिबन्धित लागुऔषधको कारोवार गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार १७:५०