१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला आजदेखि सुरू हुँदै


२८ भदाै, काठमाडाैँ । नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला आजदेखि सुरु हुँदैछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यो त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला सुरू हुन लागेको हो ।

नेपालले दिउँसो सवा ४ बजे ओमानको अल अमिरात क्रिकेट मैदानमा अमेरिकासँग खेल्ने छ । यसअघि पपुवा न्युगिनीसँग भएका दुवै खेल जितेको नेपाल आज उच्च मनोबलका साथ मैदानमा उत्रने तयारीमा रहेको छ ।

लिग अन्तर्गत अमेरिकासँग नेपालमा भएका दुवै खेल नेपालले जितेको थियो भने ओमानसँगका दुवै खेलमा पराजित भएको थियो । लिगमा नेपाल ४ खेलमा ४ अङ्क जोडर छैटाैँ स्थानमा छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार ०८:११