११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

एकै पटक ६ जनाको हत्या गर्ने लोकबहादुर कार्की सार्वजनिक


२७ भदाै, काठमाडाैँ । प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या गर्ने लोकबहादुर कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । २६ वर्षीय कार्कीलाई प्रहरीले हिजो पक्राउ गरेको थियो ।

लोकबहादुरले हत्या गरेको स्वीकार गरेका सङ्खुवासभा प्रहरीले जनाएको छ । गएको आइतवार राति स्थानीय बौदमान कार्की परिवारका पार्वती कार्की, तेजबहादुर कार्की, कमला कार्की, रञ्जना कार्की, दिपेन कार्की र गोमा कार्कीको हत्यामा भएको थियो ।

घटनामा ८५ वर्षका बौदमान भने सकुशल छन् । घटनापछि अनुसन्धान गर्न तालिम प्राप्त दुई वटा कुकुर ‘पिकु’ र ‘लैला’सहित प्रहरी उपरीक्षक (एसपी) भीम दाहाल नेतृत्वको टोली खटिएको थियो।

लगत्तै दाहाल नेतृत्व टोली फर्किएपछि सीआईबीका डीएसपी रुगमबहादुर कुँवर नेतृत्वको टोली अनुसन्धानमा खटिएको थियो।

प्रकाशित मिति : २७ भाद्र २०७८, आईतवार १३:१८