१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

संखुवासभा सामूहिक हत्याकाण्ड: उम्लिङखोलाकै एक जना पक्राउ


२६ भदाै, संखुवासभा । संखुवासभाको मादी नगरपालिका-१ उम्लिङखोला गाउँमा भएको सामूहिक हत्यामा संम्लग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

हत्यामा संम्लग्न भएको आरोपमा मादी-१ उम्लिङखोला गाउँकै एक व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । घटनाको बारेमा थप जानकारी आइतबार पत्रकार सम्मेलन गराउने डिएसपी सुवेदीले बताए ।

गत सोमबार मादी-–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

घटनाको अनुसन्धानका लागि प्रदेश नम्बर १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बीसी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतको टोली घटनास्थल आइपुगेको थियो । घटनामा संम्लग्न भएको आरोपमा कार्की परिवारकै आफन्त भएको डिएसपी प्रमुख सुवेदीले बताए ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार १२:३१