१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

पपुवा न्युगिनीविरूद्ध नेपालको १ सय ५१ रनको शानदार जित


२५ भदाै, काठमाडाैँ । पपुवा न्युगिनीसँगको दोस्रो मैत्रीपूर्ण एकदिवसीय क्रिकेटमा नेपालले १ सय ५१ रनको शानदार जित निकालेको छ । नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर १ बलमा अल आउट हुँदै ८२ रन मात्र बनाउन सक्यो ।

पीएनजीका लागि टोनी उराले १९ र चार्ल्स अमिनीले १६ रन बनाए । बलिङतर्फ नेपाली लेग स्पिनर सन्दीप लामिछानेले करिअरकै उत्कृष्ट प्रदर्शन गरे । ५ ओभर १ बल बलिङ गरेका सन्दीपले मात्र ११ रन दिएर ६ विकेट लिए । त्यस्तै सोमपाल कामी, विक्रम सोब र सुशन भारीले १/१ विकेट लिए ।

यसअघि अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेपालले ४९ ओभर ३ बलमा अलआउट हुँदै दुई सय ३३ रन बनाएकाे हाे । नेपालका लागि राेहित पाैडेलले अर्धशतकीय पारी खेले । यसअघि पहिलाे मैत्रीपूर्ण खेलमा नेपाल दुई विकेटले विजयी भएकाे थियाे ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार २३:३०