१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

गैंडालाई हेलिकोप्टरबाट उद्दार गरिएको तस्विरलाई आइजी नोवेल पुरस्कार


२५ भदाै लण्डन । के तपाइँले बेहोस पारिएका जनाबरलाई डोरीमा खुट्टा बाँधेर हेलिकप्टरमा एक स्थानबाट अर्को स्थानमा लग्दै गरेको देख्नु भएको छ ? अवस्य पनि विभिन्न भिडियोमा यस्ता उद्दारका दृश्य देख्नु भएको होला ।

हेर्दा निकै साहसी र रमाइला लाग्ने यस्ता उद्दारले जोखिममा परेका धेरै जनाबरको ज्यान जोगिएको छ । नामिवियामा यसैगरी एक स्थानबाट अर्को स्थानमा गैडाको उद्दार गर्ने समूहले यस वर्षको आइजी नोवेल पुरस्कार प्राप्त गरको छ । आइजी नोवेल विभिन्न क्षेत्रमा एतिहासिक उपलब्धी गरे वापत दिइने प्रसिद्ध नोवेल पुरस्कार भने होइन् ।

सानो तर अनौठो र हाँसो लाग्दो विषयमा भएका उपलब्धीलाई आधार मानेर बर्सेनि यो पुरस्कार वितरण गरिन्छ । यस्तै, रमाइलो उपलब्धी नामिवियाका बन्यजन्तु विज्ञले गरेका थिए ।

नामिवियामा कर्नेल युनिर्भसिटिका बन्यजन्तुसम्बन्धी विज्ञले १२ ओटा गैंडालाई हेलिकप्टरमार्फत एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गरेका थिए । गैडालाई डोरीमा झुण्डाएर १० मिनेटसम्म हेलिकप्टरमा उडाइएको थियो । बेहोस पारिएका गैंडालाई उत्तानो पारेर चार खुट्टा बाँधेर उडाइएको थियो । घोप्टो पार्दा मुखबाट रगत बग्ने आशंकामा उत्तानो पारेर बाँधिएको थियो ।

नोबेल पुरस्कार विभिन्न सात विधामा दिइए जस्तै यो पुरस्कार १० क्षेत्रमा प्रदान गरिन्छ । पुरस्किृत हुने अन्य समूहमा चपाएर सडकमा फालिएको चुईङगमको व्याक्टेरियाको अध्ययन गर्नेदेखि समुद्रमा चल्ने युद्धपोत जहाजमा साङ्ला नियन्त्रण गर्ने समूह छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार १३:५४