७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सभामुखको भूमिकामा कांग्रेसको पनि पश्न, ‘दलीय पूर्वाग्रहको प्रश्न गम्भीर’


२४ भदौ, काठमाडौँ । सभामुख अग्नि सापकोटाको भूमिकामा नेपाली कांग्रेसले पनि प्रश्न उठाएको छ । नेपाली कांग्रेसका तर्फबाट सभामुख भैसकेका दमननाथ ढुंगानाले सभामुखको निष्पक्षतामाथि प्रश्न उठ्नु गम्भीर विषय भएको बताएका छन ।

उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत टिप्पणी गर्दै यस्तो अब सभामुख अग्नि सापकोटाका लागि प्रतिनिधिसभाको बैठकको अध्यक्षता गर्न असहज हुने बताएका छन । उनले पटक(पटक अविश्वासको वातावरणमा अध्यक्षता गर्न असहज हुँदै जाने तर्क गरेका छन ।

पूर्व सभामुख ढुंगानाले सभामुख सापकोटाकै कारण प्रतिनिधिसभाको कार्यकाल पुनः घाइते नहोस् भन्दै सचेत समेत गराएका छन् । ढुंगानाले ट्वीटमा भनेका छन, ‘सभामुखबाट भइसकेको निर्णयबारे निष्पक्षता, तटस्थता अथवा दलीय पूर्वाग्रहको प्रश्न उठ्नु गम्भीर अवस्था हो । पटक(पटक अविश्वासको वातावरणमा अध्यक्षता असहज हुँदै जान्छ । प्रतिनिधिसभाको कार्यकाल कतै पुनः घाइते नहोस् १’

सभामुखले एमाले विभाजनका लागि नियत राखेका कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजित हुन पुगेको थियो । एमालेले गरेको कारबाही सभामुख सापकोटाले स्वीकार गरेर सूचना टाँस गरेको भए अध्यादेशबाट जन्मिएको माधव नेपालको पार्टीका लागि २० प्रतिशत संख्या पुग्ने थिएन ।

सपकोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अध्यादेशबाट जन्मिएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको आग्रहमा एमालेको कारबाहीको म्याद गुजारेका थिए । उनले पछि नयाँ दल बनिसकेको भन्दै कुनै कारबाही आवश्यक नभएको निर्णय सुनाएका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार १३:५१