१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

भड्किलो नबनोस् हरितालिका तीज


-आरबी खड्का

नेपाली नारीहरुको महान पर्व हरितालिका तीज धुमधामसाथ मनाइँदैछ, जसले देश या विदेशमा बस्ने नारी र पुरूषहरुलाई फुरुङ्ग पारेको छ, तिजको आफ्नै मौलिकता छ, नेपाली नारीहरूको महत्वपूर्ण धार्मिक, सांस्कृतिक पर्व हो तीज, संस्कार र संस्कृतिमा निकै धनी हामी नेपालीहरूले परापूर्वकालदेखि मनाउन थालेको यो पर्वको शैली र प्रकृतिमा समयसँगसँगै केही पृथकता देखिन थालेको छ ।

नेपाली महिलाको आत्मीय पर्व हो ! मान्छे जति आधुनिक भए पनि उसले जन्मसँगै पाएको संस्कार एवं संस्कृति छोड्न सक्दैन । नेपाल कृषिप्रधान मुलुक हो । तीज बालीनाली रोपिसकेपछि केही फुर्सदको समयमा मनाइने पर्व हो ।

शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाहरूले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन पहल गर्नुपर्छ । तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य बनाउनु भने हुँदैन । सम्बन्ध सुधार गर्ने, यसलाई अझ प्रगाढ बनाउने तथा सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्व हो तीज ।

अहिले पनि यसको आस्था र महत्व उत्तिकै छ ! यो पर्वको सांस्कृतिक महत्वको जगेर्ना गर्न विकृतिहरू हटाउँदै जानु आवश्यक छ । शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाहरूले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन पहल गर्नुपर्छ । तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य बनाउनु भने हुँदैन ।

तीजलाई हिन्दू नारीहरूको महान् पर्वका रुपमा लिइन्छ र यस्ता गीतहरूमा पुरुषको कुनै सहभागिता रहँदैन । तीजका गीतहरू महिलाहरू एकआपसमा भेला भई समूहमा विभाजन भएर गाउने गर्दछन् पितृसत्तात्मक समाज व्यवस्था भएकाले नेपाली महिलाहरूले विवाह गरी श्रीमान्को घरमा जानुपर्दछ ।

विवाह पश्चात कर्मघर भएको चेलीले माइत आउनका लागि तीज नै कुर्नुपर्ने बाध्यता विगतमा थियो । जस्तोसुकै अप्ठ्यारोमा पनि बुहारीलाई घरबाट माइती पठाउनुपर्दथ्यो । तीजमा बुहारीलाई माइती नपठाउनेहरूलाई नराम्रो रुपमा लिइन्थ्यो विगतमा जस्तो हिजोआज माइतीले आफ्नो कामै विताएर चेलीवेटी लिन जानुपर्ने प्रचलन आज छैन । तर यो चाडमा माइतीले बाबु आमा,दाजुभाइ छोरी चेली लाई घरमा बोलाएर मीठा मीठा परिकार ख्वाउँने तथा मनका भावना एवं सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने बस्ने चलन रहि आएको छ ।

यहि दर खाने दिन बाट नै तिज पर्वको आरम्भ भएको मानिन्छ। दरमा खीर, ढकने वा सेलरोटी, केरा आदि अथवा ठाँउ अनुसार विभिन्न मिठा मिठा परिकार खाने गरिन्छ। सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानी सम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने चलन चल्दै आएको छ ।

सम्बन्ध सुधार गर्ने, यसलाई अझ प्रगाढ बनाउने तथा सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्व हो तीज । अहिले पनि यसको आस्था र महत्व उत्तिकै छ । तीज पर्व लाई नेपाली नारी दिवसको रुपमा सदियौ कदेखि मनाउन थालिएको हो ।

तर आज भोली तिज पर्व मौलिक संस्कृति परम्परा र रितीरिवाज भित्रको भन्दा अली फरक बन्दै गएको छ, उत्ताउला गीत संगित सहितको महंगा महंगा पहिहन र गरगहनाको प्रदर्शन बन्दै गएको छ, तीज समानताको तीज बन्न सकोस ता की गाउँमा बसेर घाँस दाउरा, डोको नाम्लो, ढिकी जाँतो र मेलापात गर्ने नारीको पनी तीज बन्न सकोस, तडक भडक र भड्किलो होईन, सभ्य, सरल र संस्कृतीको तीज बन्न सकोस भन्दै समस्त देश तथा बिदेशमा बस्ने आमा दिदी बहिनीहरुमा हरितालिका तीज पर्वको पावन अवसरमा यहाँहरुको सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतीको लागी हार्दिक मंगलमय शुभ कामना !

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार १२:४३