१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

शोध प्रस्ताव पास नगरी फेल गराउने नियत राखेपछि आइओएममा विद्यार्थीको ताला


२३ भदाै, काठमाडाैँ । जनस्वास्थ्य विषयमा स्नातकोत्तर अध्ययनरत विद्यार्थीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा ताला लगाएका छन् । जनस्वास्थ्य विषयमा स्नातकोत्तर तहका विद्यार्थीले डिनको कार्यालय र परीक्षा महाशाखामा तालाबन्दी गरेका हुन्।

विद्यार्थीको शोध प्रस्ताव पास नगरी फेल गराउने नियत लिएको र शोध परीक्षाका लागि विभेदकारी निर्णय गरेको भन्दै विद्यार्थीहरुले ताला लगाएका हुन् । उनीहरुले शोध प्रस्ताव पास नगर्ने र समय पनि नदिई एकै पटक मौखिक परीक्षाको मिति परिवर्तन गरिएको भन्दै आपत्ति जनाए ।

एमपिएच अन्तिम वर्षका विद्यार्थी विनोद न्याैपानेका अनुसार विद्यार्थीहरुले पटक पटकको लिखित अनुरोध गर्दा पनि दुई महिनासम्म शोधपत्रको प्रस्ताव स्वीकृत नगरेको अवस्थामा शोधपत्रको भाइभा (अन्तरवार्ता)को परीक्षा लिने गरी मिति सार्वजनिक गर्नु गैरकानुनी भएकाले ताला लगाउन बाध्य भएको उनले बताए ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार १८:२९