७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नायिका ऋचा शर्मालाई पुत्रलाभ


२३ भदाै, काठमाडाैँ । नायिका ऋचा शर्मा आमा बनेकी छन् । पहिला सन्तानका रुपमा उनले छोरालाई जन्म दिएकी हुन् । ऋचा संलग्न टिभी रियालिटी शो कमेडी च्याम्पियनले उनी आमा बनेको पुष्टिसहित सामाजिक सञ्जालमा बधाइ दिएको छ ।

ऋचाले गत साता कमेडी च्याम्पियनबाट सुत्केरी विदा लिएकी थिइन् । ऋचाले आज राति अस्पतालमा छोरालाई जन्म दिएको कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले जानकारी दिए । ऋचाकाे गत वर्षा दिपेक्षविक्रम राणासँग विवाह भएकाे थियाे ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार ११:३१