१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

गरिमा विकास बैंकका ग्राहकलाई ल्याण्डमार्क होटलमा ३५ प्रतिशतसम्म छुट


२२ भदाै, काठमाडाैँ । गरिमा विकास बैंकका ग्राहकलाई ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’ मा छुट दिने भएको छ । आन्तरिक पर्यटनलाई प्रोत्साहन तथा प्रर्बद्धन गर्नुको साथै आफ्ना ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि बैंकले यस्तो सुविधा ल्याएको हो ।

गरिमा विकास बैंकले नेपालको प्रख्यात चेन होटल ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’ सँग डिलक्स रुममा ३५% छुट, फुड एण्ड वेभरेजमा १५% छुट साथै अन्य सेवा सुविधाहरुमा आर्कषित छुटको लागि सम्झौता गरेको हो ।

सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहकले काठमाडौं, पोखरा र चितवनमा रहेको ल्याण्डमार्क होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्नुहुने बैंकद्धारा जारी विज्ञप्तिमा जनार्ईएको छ ।

हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहक महानुभावहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलवार १७:३७