७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

निर्देशक सुदर्शन थापाले सुप्रिया कटुवासँग साटे औंठी


२१ भदौ, काठमाडौँ । निर्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिने भएका छन् । केही समयदेखि प्रेममा रहेका सुदर्शन र सुप्रियाबीच सोमबार इन्गेजमेन्ट भएको छ । सुदर्शनले आज आफ्नो जन्मदिनको अवसर पारेर सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन् ।

पारिवारिक उपस्थितिमा दुवैले होटेल -याडिसनमा औँठी साटासाट गरे । सुप्रिया मोडल पनि हुन् । हाल एपी वान टेलिभिजनमा कार्यरत सुप्रियाले ‘साँढे सात’ नामक चलचित्रका साथै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी छन् । सुदर्शन र सुप्रियाको बिहे भने १ असोजमा गर्ने तय भएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार १४:१०