७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

घट्यो सुनको मूल्य, कति पुग्याे तोलाको ?


२१ भदाै, काठमाडाैँ ।  नेपाली बजारमा सोमवार सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १०० ले घटेर ९१ हजार ४०० मा कारोबार भइरहेको छ । आज तेजाबी सुनको मूल्य समेत तोलामा १०० ले नै घटेर लागेर ९० हजार ९०० कायम भएको छ ।

यर्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा ३५ ले उकालो लागेर १२३० कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार ११:५९