१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

बलात्कार आरोपी मन्त्री शाहीलाई कारबाही नगर्न माधव नेपालको दबाब


२० भदाै, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका नेता एवं कर्णाली प्रदेशका कृषि मन्त्री कुर्मराज शाहीलाई कारबाही नगर्न र राजिनामा पनि नदिन दबाब दिइएको पाएको छ । मन्त्री शाही माथि बलात्कारको अभियोगमात्र लगेन उनले परस्त्रीलाई जवरजस्ती करणी गरिरहेको भिडियो सामाजिक सञ्जालमा व्याप्त बनेको छ ।

चरित्रमाथि प्रश्न उठ्ने वित्तिकै पदबाट हटेर छानविनमा सघाउनु पर्नेमा मन्त्री शाहीले उल्टै भिडियो देखिने व्यक्ति पनि आफैँ हो कसले कारबाही गर्न सक्छस भन्ने तहमा पत्रकारका प्रश्नमाथि प्रतिप्रश्न गरिरहेका छन । शाहीलाई कारबाही गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि अनिश्चछा देखिएको बुझिएको छ ।

मुख्यमन्त्रीले आफ्नो सत्ता टिकाउनका लागि मत दिएका शाहीले आँफै राजिनामा दिउन भन्ने चाहेको उनी निकटको भनाइ छ । यता मुख्यमन्त्री र स्वयं आरोपित शाहीलाई माधवकुमार नेपाल सहितले दबाब दिएको बुझिएको छ ।

माओवादी केन्द्र निकट स्रोतका अनुसार कुर्मराज शाही माथि कारबाही गर्दा आफ्नो पार्टीको छवि बिग्रिने भएकाले तत्काल कुनै कदम नचाल्न नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले अुरोध गरेका छन । जसको कारण बलात्कारको भिडियो नै छरपस्ट हुँदा समेत शाही मन्त्री पदमा टाँसिइरहेका छन ।

मन्त्री शाहीलाई काबराही गर्न माग गर्दै कर्णालीको विपक्षी दल नेकपा एमाले र उसको भ्रातृ संगठनले बिरोध प्रदर्शन नै गरिरहेको छ ।

यद्यपी शाही माथि न त प्रहरीले छानविन सुरू गरेको छ, न त उनको पार्टीले नै छानविन गरिरहेको छ न त कर्णाली प्रदेश सरकारले कुनै छानविन गरेको छ रु दण्डहिनतालाई प्रशय दिन मुख्यमन्त्री नै उद्धत रहेको देखिएको र कर्णालीको सरकार नै अनैतिकहरूको भीड रहेको एमाले कर्णाली प्रदेश कमिटीका सचिव धर्मराज रेग्मी बताउँछन ।

मन्त्री कुर्मराज शाहीले एक महिलासँग जबरजस्ती यौन सम्पर्क गरिरहेको भिडियो सामाजिक सञ्जालमा व्याप्त छ । महिलाकै कोठामा पुगेर शाहीले जबरजस्ती यौन सम्पर्क गरिरहेको भिडयोमा देख्न सकिन्छ ।

सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमा व्याप्त भएको ६ मिनेट ५८ सेकेन्डको भिडियोमा महिलाको अनिच्छाको बाबजुद मन्त्री शाहीले दुई पटक यौन सम्पर्क गरेका छन । भिडियोमा मन्त्रीले जबरजस्ती यौन सम्पर्क राखेकी महिला मलाई डर लाग्छ र दुःख भनेर चिच्याउने र कराउने गरिरहेकी छिन यद्यपी मन्त्रीले निरन्तर यौन सम्पर्क गरिरहेका छन ।

ती महिलाको कोठामा मन्त्री आफैँ प्रवेश गर्छन । उनी कोठामा प्रवेश गर्ने वित्तिकै बत्ती निभाउँछन र हतार हतार आफ्नो पाइन्ट खोल्छन । त्यसपछि मन्त्री केही कुरा गर्छन र महिलाले मलाई डर लाग्छ नाइ भन्दा भन्दै त्यही लडाएर यौन सम्पर्क गर्न सुरू गर्छन । महिला रोइरहेकी हुन्छिन । यद्यपी फेरि उठेर महिलालाई केही सम्झाउन खोजे जस्तो गरी मन्त्री शाही पुनः जाइलाग्छन ।

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शाहीले भिडियो नै सार्वजनिक हुनेगरी प्रहरीकोमा पुगेका पीडितहरू भने यतिखेर पछि हटेका छन । मन्त्री शाहीका नजिकका व्यक्तिहरूले धम्काएर र प्रलोभन दिएर पीडितलाई पछि हट्न बाध्य बनाएको बुझिएको छ ।

यद्यपी मन्त्री शाहीले रूँदा र नाइनाइ भन्दाभन्दै परस्त्रीसँग जबरजस्ती यौन सम्पर्क गरेर रक्षक नै भक्षक बनेर प्रमाणित गरेका छन । यसका लागि उनी कारबाहीका भागिदार छन ।

परस्त्रीसँग जबरजस्ती यौन सम्पर्क राख्नदै हिड्ने व्यक्ति कसरी राज्यको कानुन कार्यान्यन गराउन निकायमा बस्न सक्छ यो गम्भीर प्रश्न सिर्जना भएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आईतवार १३:४३