१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

नारद पोखरेलको ‘प्रतिघात’ आदर्श समाज निर्माणमा हण्डर खेपेका युवाको भोगाई


१८ भदाै, काठमाडाैँ । लेखक नारद पोखरेलले केही समय अगाडि सार्वजनिक गरेको उपन्यास ‘प्रतिघात’ अहिले चर्चामा छ । उपन्यासमा चित्रण गरिएका विषयवस्तुमाथि अहिले धेरैको चासो बढिरहेको छ । धेरैले यो चित्रणलाई रुचाएका छन् ।

एकसमय आदर्श समाज निर्माणका लागि अनेकौ हण्डर खेपेका युवायुवतीको जीवन भोगाई हो, ‘प्रतिघात’ । जहाँ विषाक्त राजनीतिले गर्दा सिंगो राष्ट्रले भोग्नु परेको घातलाई उदाङ्गो पारिएको छ । त्यो समयका युवाहरू आजको दिनमा के सोच्छन् ?  के गर्छन् ? भन्ने कुरालाई उपन्यासमा लेखिएको छ । त्यसका लागि उपन्यासका पाना पल्टाउनु पर्ने हुन्छ ।

लेखक पोखरेल ‘प्रतिघात’ले आदर्शमय समाज प्रेम र प्रेममय समाज निर्माणका लागि पूर्वीय मार्गचित्रलाई राम्रोसँग उजागर गरेको दाबी गर्छन् । उनी भन्छन्, ‘तपाईंले उपान्यास पढ्नुभयो भने यी सम्पूर्ण कुराहरू पाउनुहुनेछ ।’

पुस्तकमा पोखरेलले केही आफ्ना अनुभव तथा भोगाइलाई समेटेका छन् । उपन्यासको मुख्य पात्र भने पोखरेलले आफ्नो साथीलाई बनाएका छन् ।

दुई पुस्तक सार्वजनिक गरिसकेका लेखक पोखरेलले लामो समयदेखि पुस्तक लेख्ने फुर्सद पाएका थिएनन् । कोरोनाका कारण घरमा थुनिएर बस्नुपर्दा यो उपन्यास तयार पारेका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार १३:३४