१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलामा ?


१८ भदौ, काठमाडौँ । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज १०० रुपैयाँले बढेर प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम भएको हो ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ कायम भएको छ । त्यस्तै,  आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ११९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला  १२०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार १२:१०