१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अमेरिकाकाे बाढीमा परेर तीन नेपालीको मृत्यु


१८ भदाै, काठमाडाैँ। अमेरिकामा आएको समुद्री आँधी आइडाका कारण आएको बाढीमा परेर ३ जना नेपालीहरुको ज्यान गएको छ। न्यूयोर्कको उडसाइड क्विन्समा बस्दै आएका एकै परिवारका ३ जनाकाे आफू बसेको भूंईं तलामा पानी भरिंदा मृत्यु भएकाे छ ।

आफू बसेको बेसमेण्टमा पानी भरिएपछि निस्कने प्रयास असफल हुँदा उनिहरूकाे मृत्यु भएकाे हाे । सोलुखुम्बु जिल्लाबाट अमेरिका गएका ५० बर्षीय आङ्ग गेलु लामा, उनकी श्रीमति मिङ्मा याङ्जी लामा र उनिहरूका १९ महिनाका छाेरा लोप्साङ्ग लामाकाे मृत्यु भएकाे हाे ।

आइडा आँधीका कारण न्यूयोर्कमा मात्रै १२ जनाको ज्यान गएको छ भने न्यूजर्सीमा २३ जनाको ज्यान गएको विभिन्न संचारमाध्यमहरुले जनाएका छन्। तीमध्ये ३ जना नेपाली मुलका व्यक्ति पनि परेका हुन्।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार ११:५९