१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कांग्रेसकाे अवराेधकाे बाबजुद गण्डकी प्रदेशसभामा आज प्रधानमन्त्री अाेलीले विशेष सम्बोधन गर्दै


३ साउन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अाज गण्डकी प्रदेशसभामा विशेष सम्बोधन गर्दै हुनुनुन्छ ।  पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयमा अाज १२ः४० बजे प्रधानमन्त्री अाेलीले  सम्बोधन गर्ने कार्यक्रम रहेकाे  प्रदेशसभा सचिवालयका सचिवालयले  जानकारी दिएकाे छ ।

पोखरा विश्वविद्यालयको १९ औं वार्षिक साधारणसभामा विश्वविद्यालायका कुलपतिका हैसियतमा सभाको अध्यक्षता गर्न प्रधानमन्त्री ओली अाज पोखरा जाँदै हुनुहुन्छ ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री अाेलीकाे बैठक बस्न नदिने  निर्णय गरेकाे थियाे । साेहि निर्अणय अनुसार अाज हुने  बैठक सञ्चालन गर्न नदिने कांग्रेसकाे अडान भने कायमै रहेकाे छ ।

प्रकाशित मिति : ३ श्रावण २०७५, बिहीबार ०७:३२