दैनिकी

  • १५ भाद्र २०७८, मंगलवार ११:५२

आजदेखि प्रभु बैंकको २ लाख कित्ता सेयर बिक्री खुला

१५ भदाै, काठमाडौँ । प्रभु बैंक लिमिटेडले आज (भदौ १५ गते, मंगलबार) देखि संस्थापक समूहको २ लाख कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ ।  बैंकले संस्थापक समूहको २ लाख ५२ हजार ७ सय २८ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । लगानीकर्ताले भदौ २८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर २१० रूपैयाँ तोकिएको छ ।

लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनसक्ने छन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाडौँमा आईपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: १५ भाद्र २०७८, मंगलवार ११:५२