६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

सेयर बजारमा भारी गिरावट, १५ अर्ब ६५ करोडकाे कारोबार


१३ भदाै, काठमाडौँ ।  साताको पहिलो कारोबार दिन सेयर बजारमा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४८.८४ अंकले घटेर ३०४५.२० विन्दुमा पुगेकाे छ । नेप्से १.५८ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.५७ अंकले घटेर ५६२.८८ विन्दुमा झरेकाे छ ।

आज २२७ कम्पनीकाे २ करोड ४८ लाख ८८ हजार कित्ता सेयर १ लाख ५९ हजार पटक किनबेच हुँदा १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार फाइनान्स समूह बाहेक अन्य सबै समूहमा राताम्य छाएको छ ।

आज कारोबार खुला भएको केही समयसम्म दोहोरो अंकले बढेको थियो । बजार घटेपनि नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले राम्रो कमाएका छन् । बजार घट्दा पनि ५० भन्दा धेरै कम्पनीले राम्रो आम्दानी गरेका छन् ।

सबैभन्दा धेरै कमाउने शिर्ष स्थानमा नारायणी डेभलपमेन्ट बैंक देखिएको छ । यो बैंकको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट नै लागेको छ । आँखुखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा पनि सकारात्मक सर्किट नै लागेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आईतवार १६:३८