१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

आजदेखि एनआईसी एशिया बैंकको १८०० कित्ता सेयर बिक्रीमा


११ भदाै, काठमाडौँ । एनआईसी एशिया बैंकले आजदेखि संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनी उषा गोल्छाले आफ्नाे स्वामित्वमा रहेको १८०० कित्ता संस्थापक सेयर बिक्री गर्न लागेकाे हाे ।

उक्त सेयर खरिद गर्न चाहाने इच्छुक विद्यमान संस्थापकहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको रजिष्टर्ड कार्यालयमा दिन सकिनेछ ।

तोकिएको समयभित्र उक्त सेयर खरिदका लागि आवेदन नपरेमा प्रचलित कानुन बमोजिम आवश्यक कारबाही अघि बढाईने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार १२:५७