१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

आज र भोलि देशैभर भारी वर्षाको सम्भावना


११ भदाै, काठमाडाैँ । शुक्रबार आज मुलुकका विभिन्न क्षेत्रमा धेरै भारी वर्षाकाे आँकलन गरिएकाे छ । मनसुन फेरि सक्रिय भएसँगै देशभर पानी परिरहेकाेमा शुक्रबार प्रदेश १, २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले उल्लेख गरेकाे छ ।

शुक्रबार राति पनि देशभर वर्षा हुनेछ । शनिबार धेरै स्थानमा वर्षाको सम्भावना छ। जसमा पनि प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी/धेरै भारी र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आइतबार पनि धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी/धेरै भारी सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ । वर्षाका कारण बाढीपहिराेकाे जाेखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेकाे छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार ०८:५६