७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

साहित्यकारहरूले कथा वाचन गरेर मनाए लघुकथा दिवस


८ भदाै, काठमाडाैँ । साहित्यकारहरूले कथा वाचन गरेर लघुकथा दिवस मनाएका छन । भर्चुवल रूपमा दोस्रो राष्ट्रिय लघुकथा गोष्ठी – २०७८ नाम दिएर दिवस मनाइएको लघुकथा समाज, गण्डकीका अध्यक्ष त्रिलोचन ढकालले जानकारी दिए ।

आइतबार अपरान्ह डेढ घण्टासम्म लघुकथाको बारेमा छलफल भएको थियो । कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष श्री ओम श्रेष्ठ, लघुकथा समाज लुम्बिनी प्रदेशका अध्यक्ष वनमानली निराकार र बागमती प्रदेशका अध्यक्ष विदुर चालिसे लगायतले कथा नै वाचन गरेर सहभागिता जनाएका थिए । प्रमुख आमन्त्रित श्रेष्ठले लघुकथाको बारेमा अर्थपूर्ण सन्दर्भको उठान गरेका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार ०७:५६