४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

रुरु जलविद्युतले घोषणा गर्याे २१.०५२ प्रतिशत लाभांश


२ भदाै, काठमाडौँ । रुरु जलविद्युत परियोजना लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को लागी लाभांश घोषणा गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत र आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कूल २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्तावित लाभांश आगामी १५ औँ र १६ औँ वार्षिक साधारण सभाबाट पारित गरेपछि वितरण गरिनेछ ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार ११:५१