१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

सरकारविरुद्धको अफवाहको प्रतिवाद गर्न नेकपाका नेता कार्यकर्तालाई प्रधानमन्त्री ओलीको दिर्नेशन


१ साउन, काठमाडौँ । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्धको अफवाहको प्रतिवाद गर्न निर्देशन दिएका छन । मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा पार्टीका नेता कार्यकर्तासँगको भेटघाट कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारविरुद्ध विरोधीहरुले अफवाह फैलाएको भन्दै नेता तथा कार्यकर्ताहरुलाई त्यसको प्रतिवाद गर्न निर्देशन दिए ।

उनले सरकारलाई सफल हुन नदिन विरोधीहरुले अफवाह फैलाएको दाबी समेत गरेका छन । प्रधानमन्त्री ओलीले सरकारले जनताका आकांक्षा पूरा गर्छ भन्ने बुझेका विरोधीहरुले सरकारका विरुद्ध अफवाह फैलाएको बताए ।

उनले पार्टीका नेता कार्यकर्ता र सर्वसाधरणले यस्ता कुराको प्रतिवाद गर्नुपर्ने बताए । सुशासनका लागि विचलित नभइ काम गर्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकारले संविधान, नियम, कानुन र विधि अनुसार सरकारले काम गर्ने बताए ।

प्रकाशित मिति : १ श्रावण २०७५, मंगलवार १७:५४