८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेकपाका नेता एवम् धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको ५२ वर्षको उमेरमा निधन


१ साउन, सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको उपचारका क्रममा काठमाडौंमा निधन भएको छ । काठमाडौंस्थित ग्राण्डी अस्पतालमा १५ दिनदेखि निमोनियाको उपचार गराइरहेका सुब्बाको मंगलबार दिउँसो निधन भएको मेयर सुब्बाका प्रेस संयोजक योगेश काफ्लेले जानकारी दिएका छन ।

५२ बर्षीय सुब्बाको तीन बर्ष पहिले मृगौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि उनको स्वास्थ्यमा समयसमयमा समस्या देखिने गरेको थियो । सुब्बा तत्कालीन नेकपा एमालेबाट २० हजार ९७५ मत पाएर धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

तेह्रथुममा जन्मिएका सुब्बा पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय रहेका थिए । सुब्बाका श्रीमति र एक छोरा छन् ।

प्रकाशित मिति : १ श्रावण २०७५, मंगलवार १५:४७