७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

गोविन्द केसीले गगन थापाका लागि चुनावमा यसरी मागेका थिए भोट (भिडियोसहित)


१ साउन, काठमाडौँ । चिकित्सक गोविन्द केसी यस पटकको अनसनमा बढी नै विवादित बनेका छन । राजनीतिक पूर्वाग्रह बोकेर अनसनमा बसेको भन्दै धेरैले केसीको आलोचना गरेका छन । अघिल्ला अनसनमा केसीको बिरोधमा अवाज करिब शून्यप्राय थियो तर यसपटक उनी बढी नै विवादित बनेका छन ।

।अनसनका नाममा बालहठ गरेको भन्दै वरिष्ठ चिकित्सक डा भगवान कोइरालाले समेत अनसनका नाममा अस्पतालमा गलत क्रियाकलाप भएको भन्दै नागरिक दैनिकका लागि विमल आचार्यलाई दिएको अन्तर्वार्ता कान्तिपुर टेलिभिजनका लागि भुषण दाहाललाई दिएको अन्तर्वार्तामा उक्त कुराको खुलासा गरेको छन ।

केसीको अनसनलाई देखाएर आपराधिक ढंगले बिरामीमाथि दूव्र्यवहार भैरहेको कुरा स्वयं चिकित्सकहरुले नै बताउदै आएका छन । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका पूर्व नेता डा केसी कांग्रेसकै आडामा अनशनको गरिमा समेत गिराउने अभियानमा पुगेका छन । केसीको अनसनलाई नेपाली कांग्रेस निकटका व्यवसायीले चलाएको मेडिकल कलेज र मेडिकल शिक्षाका निम्ति विद्यार्थीलाई विदेश पठाउने कन्सलटेन्सीले लगानी गरेको अरोप समेत लागिरहेको छ ।

गत प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेस नेता गगन थापालाई भिडियो सन्देश मार्फत भोट मागेका केसीको अहिले थापासँगै जोडेर विगतमा केसीको अनसनमा दिएको समर्थन समेत फिर्ता लिनेक्रम बढेको छ । केसी अनसनका नाममा नेविसंघका कार्यकर्तालाई गगनले सडकमा उतार्ने गरेको विषय यसअघि पनि प्रष्टै भएको छ ।

थापा स्वास्थ्यमन्त्री हुँदा केसी अनसनमा बसे उनको समर्थनमा बिरोध प्रदर्शन भयो तर मुस्किलले माइतिघर मण्डलामा १० जना पनि उत्रिन सकेनन् । यद्यपी त्यसअघि र पछि भने गगनका समर्थकले केसीलाई पनि साथ दिँदै आएका छन ।
गगनका लागि केसीले यसरी मागेका थिए भोट

याे पनि पढ्नुहोस्

–केसीको अनसनमा बिरामीको सलाइन थुतेर फाल्दा म १३ दिन रोएँः डा भगवान कोइराला (भिडियोसहित)

–‘केसीको अनसनमा बिरामीलाई अनधिकृत रूपमा डिस्चार्ज गर्नेजस्ता घिनलाग्दा काम पनि भए’

–गोविन्द केसीको नाममा अस्पताल बन्द गरेर सडकमा जाने चिकित्सकलाई बर्खास्त गर्ने तयारी

–डा गोविन्द केसी कहाँबाट परिचालित छन ? दोहरो चरित्रले बद्नाम अनसन

–गोविन्द केसी हत्यारा हुनः डा. अधिकारी

–गोविन्द केसीको अनसनः काम कुरो एकातिर, कुम्लो बोकी जुम्ला तिर

–डा गोविन्द केसीलाई अनसनको नाैटंकी बन्द गर्न किसानको आग्रह (भिडियोसहित)

–बाटो बिराएको गोविन्द केसीको अनसन

–डा गोविन्द केसीका कर्तुत सार्वजनिक, तीनवटा जन्ममिति भेटियो (प्रमाणसहित)

प्रकाशित मिति : १ श्रावण २०७५, मंगलवार १६:२९