१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

हुन्डाईको मिडिया टेस्ट ड्राइभ, यस्तो छ अल न्यू हुन्डाई आई-२०


३२ साउन, काठमाडाैँ । हुन्डाईको आधिकारिक बितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हालै लन्च भएको गाडी अल न्यू आई २० का लागि गोकर्ण फरेस्ट रिसोर्टमा मिडिया टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न गरेकाे छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार हुन्डाई आई २० टाइफुन सिल्भर, टाइटन ग्रे, मेटालिक कपर, स्टार्री नाइट, पोलर व्हाइट र फायरी रेडमा उपलब्ध हुनेछ।

नेपालमा मगना र स्पोटेज भेरिएन्ट पाइने छ जस्को मूल्य ३६ लाख ९६ हजार र ४१ लाख ९६ हजार रहनेछ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरी १४ शोरुमहरु तथा १८ सर्भिस सेन्टरमार्फत् सेवा प्रदान गरिरहेको छ ।

अल न्यू हुन्डाई आई २० स्पोर्टी र बोल्ड डिजाइनमा उपलब्ध छ । कारमा नयाँ डिजाइन र फिचर देख्न सकिन्छ । साथै नवितम प्रविधिको प्रयोग गरिएको छ ।

ड्रिप बनोट र नयाँ क्यासकेडिङ ग्रिलले गर्दा कार स्पोर्टी लुक्स र बोल्ड देखिन्छ । ग्रिलको दुवै किनारमा एलईडी प्रोजेक्टर हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, टर्न इन्डिकेटर कर्नरिङ ल्याम्प दिइएको छ । कारमा नयाँ फ्रन्ट बम्पर दिइएको छ ।

जसको दुबै किनारमा प्रोजेक्टर फग ल्याम्प, साथै सेन्ट्रल एयर इनटेकको तल्लो हिस्सामा पियानो ब्ल्याक फिनिसकको फ्रन्ट स्कर्ट दिइएको छ ।

कारको रियरमा जेड आकारको एलईडी टेल लाइट छ । जुन क्रोम स्ट्रिप तथा सेन्टर रिफ्लेक्टरसँग जोडिएको छ । बूटमा मोडल तथा भेरियन्ट ब्याजिङ दिइएको छ । पछिल्लो बम्परको दुवै किनारमा रिफ्लेक्टर तथा सेन्टर फोक्स डिफ्यूजर दिइएको जसले कारलाई स्पोर्टी देखाउँछ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार ११:१४