दैनिकी

  • ३२ श्रावण २०७८, सोमबार ०७:१०

माधव नेपाललाई पनि उनकै नजिककाले सिध्याउँदैछन

-डा युवराज संग्राैला

अहिले सबैका मुखमा अफगानिस्तान झुन्डिएको छ। तेसैपनी नेपाली समाज अल्प र अर्ध ज्ञानको आहालमा चुर्लुम्म डुबेको समाज हो, तेसमा पनि आफुलाई बिज्ञ भन्नेहरु समेत नेताको चाकरीमा गौरव गर्ने समाज पनि हो, यो। हिजो एकजमाना थियो चौतारीमा राजा भेटिए भन्ने मुखमा गीत गांउदै हावादारी कुरालाई रास्ट्रबाद भनेर गीत गांउथे।

आज तेस्ताको संख्या कति छ कति? आज त नेताजति नाङ्गो बादशा बन्दा पनि, देशका हरेक नसामा बिदेशी सास पस्ता पनि पत्तै छैन र चासो पनि छैन अफगानिस्तान किन तेस्तो अफगानिस्तान बन्यो भनेर।

१. अफगानिस्तानका दुई रास्ट्रपति अमेरिकी ग्रीन कार्ड होल्डर थिए। एक जना चर्तित पत्रकारले लेखेका छ्न, यी दुबैले रास्ट्रपतिको चुनाव जीते पनि, यिन्को हैसियत काबुलको मेयर भन्दा माथि थिएन। अमेरिकाले समाजबादी सत्ता अपधस्त गर्न बिन लादेनलाई सिर्जना गर्यो, बिन लादेनले अमेरिकी हतियार लिएर तालिबान सिर्जना गर्यो।

अनि अमेरीका बिश्वमा आतंकवाद समाप्त गर्न पस्यो, युद्ध लिएर। सतरी हजार त केटाकेटी र बृद्धहरु मारीए। अमेरीकाले अफगानिस्तानमा बाटो बनायो? स्कुल बनायो? बिजुली निकाल्यो? अर्थतन्त्र सुध्रीढ गर्यो? गरेन, केहि गरेन। आफ्नै देशबाट ल्याएका दुइटा रास्ट्रपति रुगेंर बस्यो, अचानक निक्ल्यो। किनकी अब त्याहांबाट लिनु केही बांकी थिएन।

२. तालिबान अहिले आएको होइन, अमेरिकी रणनीति पहिल्यै फेल भएको हो। हामिले बुझ्ने र सिक्ने त कतिअमात्र हो भने, जब बिदेशीको खेल रास्ट्रका नसा नसामा प्रबेश गर्छ, रास्ट्र अफगानिस्तान नै हुन्छ। नेपालमा रास्ट्रको बारेमा सोच्ने, गम्ने र विश्लेषण गर्ने त कति होलान र! कसैलाइ बहुदल सिध्याएर राजा ल्याउनु छ, कसैलाइ माधब सिध्याउनु छ, कसैलाई के पि सिध्याउनु छ, कसैलाई प्रचन्ड सिध्याउनु छ, कसलाइ देउवा सिध्याउनु छ। कसैलाइ यिनैलाई देवत्वकरण गर्नु छ। तर यिनै समर्थक र बिरोधिका भेषमा बिदेशीको पैसा खानेको तांती छ।

३. के पिलाई माधब र प्रचन्डले बिगारे भन्ने लागेको होला। यथार्थमा उन्कै तारीफ गर्ने “के पिले नजानेको के छ, कति हो बुद्धि, के गर्ने हिम्मत छैन उन्मा” भन्दा भन्दै आफ्नैले सिध्याय। यो अचम्म हुने छैन, जब तिनैले केपिलाई एक्दिन अपध्स्त गर्ने छ्न।

४. माधबलाइ पनि उन्कैले सिध्याउंदै छ्न। एक समय थियो यिन्ले के पि लाई बिदेशीको इसारामा लोकतन्त्र सक्न लागेका भन्थे। आज तिनै भन्छ्न माधब ठिक होइनन। तर हामी केपि र माधब को ठिक भनेर सोच्दैनौं। हामी स्याल कराएझै करांउछौ। लडाइ केपि र माधबको, केपि र प्रचण्ड्को, केपि र देउवाको देख्छौं। हामी के द्ख्दैनौ भने हाम्रो दिमागमा अरु कोहि शासन गरीरहेको छ। हामी कुनै अर्थमा अफगानिस्तान भन्दा भिन्न छैनौं।

बस अब केही बर्षमा नेपालमा कांग्रेस र कम्युनिस्टको बीउ भेटिने छैन। अहिले जराकुहिएको भएपनि सबै हांगा सुकेका छैनन। तर केही बर्षमा अफगानिस्तानमा ग्रीन कार्ड होल्डर कार्जाइ र घानी जस्तै राम प्रसाद र स्याम प्रसाद अमेरीका बाट आउनेछ्न। अमेरीकामा कम्युनिस्ट र समाजबादी हुने अधिकार छैन, तर माओबादी, एमाले र कांग्रेस हुन पाइन्छ र एनाआरएनका नाममा चुनाव लडन पनि पाइन्छ। भोलिका नेपाल चलाउनेको तालिम त रोक्नु भएन नि।तेसैले होला नेपालको राजनीति बिदेशमा पो बढी छ।

५. अब नेपाल दक्षिण एसियामा पस्चिमी देशको राजनीतिको केन्द्र हुनेछ। नेपालमा सबै देशका सैनिक उन्को लुगा लगाएर हिड्न पाउने नियम त बस्यो नै। भरतिय र ब्रीटिस त सैनिक क्याम नै खोलेर बसेकै छ्न। अब चिनियाँ पनि आंउछ्न।

वा! कस्ता महान नेता पायो हो कि देशले? कति मातृका जन्मिएछ्न? उनिहरुका यी करामत त देखियो नै, तेति डर लाग्दैन। तर डांडा डोजर लगाउने, राजदुतावासमा खर्च लिन जाने, देशलाई धर्म र जातिका अधारमा बांड्ने, र बिदेशलाई स्वर्ग मान्ने देखि डर लाग्छ। भ्रमको संक्रमणबाट ग्रस्त मानिस देखि डर लाग्छ। आफ्नो गुट्को नेताको गुमा पनि बास्ना सुंघ्नेहरु सङ्ग डर लाग्छ। तर पनि बिश्वास छ, आलोचकहरुले मानिसलाई सोच्न बाध्य पार्ने छ्न। तेसैले बिचारको खेती गरौं, नेपालीलाई शाशक होइन असल ब्यबस्था खोज्न प्रेरीत गरौं।

प्रकाशित मिति: ३२ श्रावण २०७८, सोमबार ०७:१०