१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

–शम्भुप्रसाद पुडासैनी ‘प्रदेशी’

नरुझेको भए हुन्थ्यो सिमसिमे झरिमा
बचाएर राख सधैं तिमी आफ्नो गरिमा ।

सुन्दर फुलमै लोभिन्छ्न बैसालु भमरा
भुतनी कस्ले हेर्छ सबैको दिल परिमा ।

स्वतन्त्र सबै जीव उड्न कहाँ सक्छ्न
प्रकृतिले जुन बिशेषता दिएकोछ चरिमा ।

मीठो खोज्दै हिड्दा पेट भोको होला है
भोकालाई भोजन त्यसै मीठो टपरीमा ।

साचो प्रेम गर्छु म स्वार्थ केही छैन कतै
कुनै कसुर भए तिमी जाहेरी देउ प्रहरीमा ।

लत्याएर नहिडन दुख्छ मुटु च्वास च्वास
यौवनलाई खेल नसम्झ है तिमी लैबरिमा।

प्रकाशित मिति : १८ फाल्गुन २०७४, शुक्रबार ०७:५२