४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

एनआरएनको उपाध्यक्षमा धर्मराज अधिकारीको उम्मेदवारी


३० साउन, काठमाडाैँ । गैरआवासीय नेपाली संघ (एनआरएन)को १० औँ महाधिवेशनमा धर्मराज अधिकारीले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन । संघको आगामी कार्यकालका लागि हुन लागेको निर्वाचनमा समाजसेवीको छवी बनाएका अधिकारीले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन ।

अधिकारीले केही दिनपछि उपाध्यक्षको उम्मेदवारी र प्रष्ट कार्ययोजना सार्वजनिक गर्ने तयारी गरेका छन् । अधिकारी अध्यक्षका प्रत्यासी डा. बद्री केसी निकटवर्तीको रुपमा परिचित छन ।

अधिकारीले नेपाली नागरिकताको निरन्तरता, नेपालमा एनआरएन लगानी, संघभित्र नेतृत्वको प्रभावकारिता र नेपालमा सिप तथा ज्ञानको प्रवर्धन गर्ने महत्वपूर्ण अजेण्डा सहित उपाध्यक्ष पदमा उम्मेदवारी दिने दैनिकीसँग बताए ।

निकै मिलनसार र भद्र व्यक्तित्वको रुपमा परिचित अधिकारीमा अष्ट्रेलियामा रहेर व्यवसायमा संलग्न रहेका छन । नेपालको नुवाकोटबाट अध्ययन र व्यवसायको सिलसिलामा अष्ट्रेलिया पुगेका अधिकारी एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा स्थापित पात्र हुन ।

संघको महाधिवेशन यही अक्टोबर २३ देखि २५ तारिख हुदैछ । सो महाधिवेशनमा स ८० देशभन्दा बढीका प्रतिनिधिहरूको सहभागितामा नयाँ नेतृत्वको चयन गर्नेछ । संघको नेतृत्वको लागि अनलाइन मतदान गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार १०:०६