१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओ शनिबार बाँडफाँड हुने


२९ साउन, काठमाडाैँ । सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) शनिबार बाँडफाँड  हुने भएकाे छ ।

निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले उक्त आईपीओकाे बाँडफाँड शनिबार सानिमा लाइफ इन्स्योरेन्सको कार्यालय, दरबारमार्ग, काठमाडाैँमा हुने भएकाे  जानकारी दिएकाे छ ।

सानिमा लाईफले साउन २० गतेदेखि साउन २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियाे ।

कम्पनीको आईपीओमा २४ लाख १९ हजार १२७ आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ । यो मागभन्दा ६.८४ गुणा बढी आवेदन हो । मागभन्दा धेरै आवेदन परेकाे हुनाले याे आईपीओकाे बाँडफाँड गोलाप्रथाद्धारा गरिनेछ । गाेलाप्रथाबाट बाँडफाँड गर्दा ५ लाख ४० हजार आवेदकले १० कित्ता सेयर प्राप्त गर्नेछन् भने बाँकी करिब १८ लाख ५० हजार आवेदकहरुको भने हात खाली हुनेछ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार १४:४१