१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

हल्का हल्का जोस जाँगर त चाइन्छ अरे उमेरैमा


–तुलसी न्याैपाने 

मलाइ सय बर्ष कट्नु भाकी हजुरमाले भन्नु भाको
हल्का हल्का जोस जागर त चाइन्छ अरे उमेरैमा
कहिले गाली कहिले ताली पाइन्छ अरे उमेरैमा ।

होली नै होलीको चारैतिर उमंगले छाउदा खेरी
हिड्दै जाँदा दुर्इचार लोला खाइन्छ अरे उमेरैमा
हल्का हल्का जोस जागर त चाइन्छ अरे उमेरैमा ।

सर्वगुणै सप्पन्न त को जन्मेको होला र खै
बेलाबखत आरोपप्रत्यारोप पनि लाइन्छ अरे उमेरैमा
कहिले गाली कहिले ताली पाइन्छ अरे उमेरैमा ।

बैमानिले मुखले रामराम भन्दै छुरा मुटु भित्रै पुर्याउछ रे
अजिङ्गर को आहारा सधै दैबले नै जुराउछ रे
त्यसैले त, अजिङ्गरको जस्तै ब्याक्तित्व चाइन्छ अरे उमेरैमा
कहिले गाली कहिले ताली पाइन्छ अरे उमेरैमा ।

स्वामीराजाको नजरमा सधै राम्री बनु भन्दै
कोरिबाटी चट्ट लाली लाइन्छ अरे उमेरैमा
कहिले गाली कहिले ताली पाइन्छ अरे उमेरैमा ।

पढाई लेखाइ र बुझाइ जिन्दगिको पाटो भन्छन
जस्तो बुझ्यो त्यस्तै बनि छाइन्छ अरे उमेरैमा
कहिले गाली कहिले ताली पाइन्छ अरे उमेरैमा ।

साच्चै मनमा बेमौसमी हुरि चल्यो भने
शान्तपार्न मन्दिर पनि धाइन्छ अरे उमेरैमा
कहिले भजन कहिले रोधी गाइन्छ अरे उमेरैमा ।

मलाइ सयबर्ष कट्नु भाकी हजुरमाले भन्नु भाको
हल्का हल्का जोस र जागर त चाइन्छ अरे उमेरैमा

प्रकाशित मिति : १७ फाल्गुन २०७४, बिहीबार २२:०२