१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

आमा बासँग दुश्मनी छ (स्वतन्त्र गजल)


–सुदामा कृष्ण

कस्तो छोरो आमाबाउसँग दुश्मनी छ
गयो शहर सायद गाउँसँग दुश्मनी छ

एउटी बुढी आमा निकालिईन् घरबाटै
म मान्दिन कोखिको घाउसँग दुश्मनी छ ।

गुलावले सोचेकोथ्यो कमल जस्तै बाँचु
तर सकेन जान तलाउसँग दुश्मनी छ ।

देखिंदैन घरगोठको भकारीमा अन्नहरु
भन्छ्न् पिज्जा चाउचाउसँग दुश्मनी छ ।

जुवा जित्न नसकेर द्रौपदीलाई हारेपछी
पाण्डवले भनेका ‘थे दाउसँग दुश्मनी छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७४, बिहीबार २१:५५