६ चैत्र २०८०, मंगलवार | Tue Mar 19 2024

यस्ताे छ शिल्पाको पति राज कुन्द्रा पक्राउ पर्नुको वास्तविक कारण


१९ साउन, एजेन्सी। भारतका विवादास्पद व्यापारी तथा अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रालाई पक्राउ गरिएको वास्तविक कारण खुलेको छ । कुन्द्राले आफूलाई गरिएको पक्राउका विरुद्ध बम्बे उच्च अदालतमा निवेदन दिएका थिए । उक्त निवेदनमाथि सुनुवाइका क्रममा उनको पक्राउको कारण खुलेको हो ।

सरकारी वकिल अरुणा पईले बम्बे उच्च अदालतलाई बताएअनुसार, मुम्बई क्राइम ब्रान्चले कुन्द्राका दुई यापबाट ५१ वटा अश्लील फिल्म जफत गरिएको जानकारी दिए ।

कुन्द्रा र रायन थोर्पले अश्लील फिल्मको प्रमाण नष्ट गर्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको पईले बताइन् । कुनै आरोपितले प्रमाण नष्ट गर्न थाल्दा अनुसन्धान अधिकारी चुप लागेर बस्न नसक्ने र उनीहरूलाई रोक्नका लागि पक्राउ गरिएको पईको तर्क छ ।

प्रहरीले कुन्द्राबाट अश्लील भिडियो बरामद गरेको र कैयौं ग्राहकलाई पैसा तिरेको प्रमाण पनि फेला पारेको उनले जानकारी दिइन् । कुन्द्रा र थोर्प अहिले १४ दिनको न्यायिक हिरासतमा छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलवार १३:२२