१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

आज पनि मैलुङ खोलाको आईपीओमा आवेदन दिन सकिने, कति बजेदेखि कति बजेसम्म ?


१९ साउन, काठमाडाैँ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गतेबाट निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) मा आज पनि आवेदन दिन सकिने भएकाे छ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडकाे आईपीओमा आज १२ बजेदेखि १:३० बजेसम्म आवेदन दिन सकिने भएकाे हाे । हिजाेदेखि सिस्टममा प्राविधिक समस्या देखिएकाे हुनाले निश्चित समय थपिएकाे सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताए ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० र अधिकतममा १ लाख कित्तासम्मका आवेदन दिनसक्नेछन् । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलवार १२:५५