११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

मनकामना स्मार्ट लघुवित्तको सेयर कारोबार आज पनि भएन


१९ साउन, काठमाडाैँ ।  आज पनि नेपाल स्टक एक्सचेञ्जमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर काराेबार हुन सकेन । स्पेशल प्रि ओपन सेसन काराेबारमा म्याच नभएपछि मनकामना स्मार्ट लघुवित्तको शेयर काराेबार हुन नसकेकाे हाे ।

स्पेशल प्रि ओपन सेसनमा कारोबार नभएपछि लघुवित्तको शेयर रेगुलर सेसनमा पनि कारोबार हुने छैन । त्यस अनुसार लघुवित्तको शेयर बुधबार पुनः स्पेशल प्रि ओपन सेसन कारोबार खुल्नेछ । सोमबार पनि म्याच नभएपछि कारोबार भएको थिएन ।

आइतबार संस्थाकाे १२ लाख ११ हजार ५ सय कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे थियाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११० रुपैयाँ ८४ पैसादेखि अधिकतम ३३२ रुपैयाँ ५२ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि MKLB सिम्बाेल पाएकाे छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलवार १२:१३