८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठमाथि देउवाको सफ्ट ‘कु’, जागेश्वरसहित चारको सरूवा स्थगित


१९ साउन, काठमाडाैँ । प्रधानमन्त्री एवं स्वाथ्यमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठमाति सफ्ट ‘कु’ गरेका छन । श्रेष्ठले गरेको निर्णयमा रोक लगाएर देउवाले सफ्ट ‘कु’ गरेका हुन । श्रेष्ठले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमसहित चार जनाको सरूवा निर्णय गरेका थिए । तर देउवाले उक्त निर्णमा रोक लगाएका छन ।

प्रधानमन्त्री देउवाले राज्यमन्त्रीले निर्णय गर्न नमिल्ने भन्दै कार्यान्वयनमा रोक लगाएको उनी निकट स्रोतले जनाएको छ । प्रधानमन्त्री कार्यालयले उक्त निर्णय कार्यान्वयन नगर्न मन्त्रालयमा निर्देशन दिएको छ । राज्यमन्त्री श्रेष्ठले डा. गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा गरेका थिए भने युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाएका थिए । यस्तै स्वास्थ्य समन्वय महाशाखामा डा. विवेकलाल कर्ण र सार्क क्षयरोग केन्द्रमा डा. रिता भण्डारीलाई पठाएका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलवार १२:१०