१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

माधव नेपालले प्रचण्डलाई आफ्नो निवासमा स्वागत गरेनन्, अर्कैको घरमा भेटवार्ता


१९ साउन, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटवार्ताका लागि अर्कैको घरमा पुगेका छन । कोटेश्वरमै रहेको एक जना व्यापारीको घरमा दुई नेताको बीचमा भेटवार्ता भैरहेको छ । निवासमै भेट्दा गलत सन्देश प्रवाह हुने भन्दै नेपाल अर्कैको घरमा पुगेका हुन । यसअघि दैनिकजसो प्रचण्ड नेपालकै घरमा पुग्ने गरेका थिए । नेपालले प्रचण्डलाई आज निवासमा स्वागत नगरिनुलाई अर्थपूर्ण मानिएको छ ।

गुटभित्रै कमजोर बनेका नेपाल पछिल्लो दिनमा एमालेमै रहने विषयमा केही सकारात्मक देखिएका छन । यद्यपी प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवासँगको समन्वयमा स्रोत परिचालन गरेर पार्टी फुटाउन पुग्ने संख्याको खोजीसँगै भैरहेको छ । नेपालको त्यस कामका निम्ति संस्थापन समूह छाडेर नेपाल समूहमा पुगको प्रेम आले र किसान श्रेष्ठ लगायतले सहोग गरिरहेका छन । उनीहरू चोर्न सक्ने सम्भावित सांसदहरूसँग दिनहुँ भेटवार्ता गरिरहेका छन ।

नेपालले प्रचण्डसँग एमाले अध्यक्ष ओलीसँग गर्ने कुराको विषयमा समेत परामर्श लिन खोजेको बुझिएको छ । यसअघि नेपाल समूहले उठाएका सबै माग ओलीले पूरा गरेपछि नयाँ कुनै शर्त राखेर एमालेलाई अनिर्णयको बन्दी बनाउने सोचका साथ पनि नेपालको गतिबिधि देखिएको छ ।

उनले ओलीसँग हुने अबको भेटमा कुनै नयाँ शर्त अघि सार्ने बुझिएको छ । यद्यपी नेपाल गुटभित्रै कमजोर बनेकाले सरकारमा सहभागिताका सन्दर्भमा तत्काल कुनै निर्णय नगर्ने बारेमा नेपालले जानकारी दिन सक्छन । यसअघि सोमबार बसेको नेपाल गुटको बैठकमा सरकारमा सहभागिताको विष गौण बन्नुपर्ने सुझाव नेताहरूले दिएका थिए ।

नेपालले प्रचण्डसँग मन्त्रिपरिषद् विस्तार थप केही दिन पछि सार्न समेत अनुरोध गर्ने उनी निकटका एक एमाले पोलिटव्यूरो सदस्यले जानकारी दिए । उनले एमालेमा फर्किनुभन्दा नयाँ पार्टी खोलेर चलाउन नेपाललाई सुझाव दिएको भए पनि दोस्रो तहका नेताको चेपुवामा नेपाल परेको बताए । उनले ती दोस्रो तहका नेताको चेपुवाको कारण नेपाल केही निर्णय दिन नसक्ने अवस्थामा पुगेको बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलवार ११:०९