१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

प्रधानमन्त्री भएको २२ दिनमा देउवाले प्राप्त गरेका यी हुन २० सफलता !


१९ साउन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा राम्रो काम लागि भन्दा पनि नराम्रो काम लागि चर्चामा रहने पात्र हुन । उनी राजनीतिका बद्नाम पात्रकै रूपमा चित्रित रहेका पनि छन । उनका सयौँ काण्डहरू पनि छरपस्ट छन । पछिल्लो समय जति पनि ठूला भ्रष्टाचार र अनियमितताका काण्डहरू चर्चामा आए तीनमा पनि कही न कहीबाट देउवा जोडिए । ती घटना जति चर्चित भएर सञ्चार माध्यममा सार्वजनिक हुन्थे । देउवाको नाम जोडिएपछि त्यसै सेलाएर जान्थे । कांग्रेसभित्र विगतमा भ्रष्टाचारमा परेका नेताहरू प्राय देउवा निकटका थिए ।

देउवा स्वयं शाही आयोगद्धारा भ्रष्टाचारी करार व्यक्ति हुन । अहिले प्रधानमन्त्री बनेको २२ दिनमा उनले त्यस्तै कामको निरन्तरता दिएका छन । २२ दिनमा उनले प्राप्त गरेका २० सफलता भनेर गर्न खोजिएका गलत काम यहाँ प्रस्तुत गरिएका छन । योबीचमा सरकारले जे लक्षण देखाएको छ । त्यसले भोलिका दिनमा राम्रो हुन्छ भन्ने फिटिक्कै संकेत छैन् । अझ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका विद्रोही माधवकुमार नेपाल समेतको चेपुवामा परेर मन्त्रीपरिषद् विस्तार गर्न सकेका छैनन् । यस्ता छन देउवाका प्रारम्भिक काम ।

१. सार्वजनिक सवारीको भाडादरमा २८ देखि ३५ प्रतिशतले बृद्धि ।

२. बालुवाटार जग्गा काण्डका अभियुक्त बिजयकुमार गच्छद्धारलाई १० करोड माग दावी गरिएकोमा १० लाख धरौटीमा रिहा । देउवा आफै बालुवाटार काण्डमा संलग्न ।

३. बिश्वासको मत दिने जसपाका सांसदलाई फ्ल्याट र नगद उपहार ।

४. मापदण्डबिपरित माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई शानका लागि डिएसपीको कमाण्डमा सुरक्षाकर्मी बृद्धि ।

५. कानूनबिपरित पूर्वप्रधानमन्त्री झलनाथ खनालको भारतमा गरिएको उपचारको सम्पुर्ण खर्च बेहोर्ने निर्णय । खनालको उपचारमा खटिएकाहरुको खर्चसमेत सरकारबाटै भुक्तानीको ब्यवस्था ।

६. पदाधिकारी कोटामा बामदेव गौतमकी पत्नी तुलसा गौतमलाई थाहै नभएको खेलको म्यानेजर बनाएर जापानमा घुमघामको ब्यवस्था ।

७. सञ्चालनको अन्तिम तयारीमा रहेको जनकपुर–जयनगर रेलमा ढिलाई । ओलीले गरेको काम किन उदघाटन गर्ने भन्दै प्रधानमन्त्रीकै कारण ढिलाइ ।

८. जग्गा पाउने अवस्थामा पुगेका भूमिहीन सुकुम्वासीमाथि बज्रप्रहार, लालपुर्जा बितरणमा अवरोध ।

९. बलात्कार आरोपी ससुराली खलकका एसएसपी शौरभ राणालाई डिआइजीमा बढुवा ।

१०. कोरोना खोपको चरम दुरुपयोग, जनतालाई शास्ती, आफ्ना कार्यकर्तालाई चिया पसलमै कोरोना खोप ।

११. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको टेलिफोन बार्तामा चुच्चे नक्साबारे मौन ।

१२. अर्थमन्त्री जनार्दन शर्माद्वारा नेपाल सरकारका सचिवलाई सार्वजनिक रुपमै धम्की, कानून होइन, आफ्नो आदेश नमाने ठीक नहुने चेतावनी ।

१३. केन्द्रीय कोभिड अस्पतालका प्रमुख डा. जागेश्वर गौतमलाई हुकुमी शैलीमा सरुवा, माफियाको पक्षमा सरकार उभिएको प्रष्ट सन्देश ।

१४. महाकाली नदी तर्ने क्रममा एसएसबीले तुइन काटेर दार्चुलाका ३३ बर्षीय जयसिंह धामी बेपत्ता बनाउँदा भारतका लागि कम्फर्टेवल बन्दै एसएसबीकै बचाउ ।

१५. जनताको स्वास्थ्यमाथि खेलवाड गर्दै कोरोना खोप भण्डारमै, ओली सरकारले ल्याइदिएको खोप पनि सकेन गर्न ब्यवस्थापन ।

१६. स्वास्थ्य मन्त्रालयको जिम्मा अस्पताल र कलेज सञ्चालकलाई ।

१७. गृहमन्त्रीको आदेशको भरमा एआइजीको सरुवा कार्यान्वयनमा अवरोध, न निर्णय परिवर्तन, न कार्यान्वयन ।

१८. प्रहरीको सरुवा बढुवामा पत्नीको असुली धन्दा, एआइजीदेखि जवानसम्मको सरुवा बढुवामा मोलमोलाई ।

१९. सिन्धुपाल्चोकका बाढीपीडितप्रति बेवस्ता ।

२०. बालुवाटारको सरकारी जग्गा हडप्नेलाई संरक्षण, सवै जग्गा भूमाफियाकै कब्जामा पुर्याउने रणनीति ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलवार १०:३४